मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

मंगलबार, २४ कात्तिक २०८३ · १० नोभेम्बर २०२६

English editionEnglish

लेखक

न्यायपालिका डेस्क

न्यायपालिकाको सम्पादकीय टोली।

विदेश

श्रीलंकामा सर्वोच्चका न्यायाधीशको अवकाश उमेर ६७ वर्ष, प्रधान न्यायाधीशको पदावधि बढीमा ६ वर्ष

श्रीलंकाको संसद्ले २२औँ संविधान संशोधन दुईतिहाइ बहुमतले पारित गरेको छ। सर्वोच्च अदालतले संशोधनका लागि जनमतसंग्रह आवश्यक नपर्ने र अवकाश उमेर बढाउँदा न्यायिक स्वतन्त्रतामा आँच नआउने ठहर गरेको थियो।

सार्वजनिक नीति

मोही लागेको जग्गा बाँडफाँट: निवेदन दिने म्याद २०८५ कात्तिकसम्म थपियो

मन्त्रिपरिषद्ले जग्गाधनी र मोहीले जग्गा बाँडफाँटका लागि निवेदन दिने म्याद २०८५ कात्तिक मसान्तसम्म र बाँडफाँटको काम सक्ने म्याद २०८६ असार मसान्तसम्म थप्ने निर्णय गरेको छ। सर्वोच्चले म्याद गुज्रिँदैमा मोहियानी हक समाप्त नहुने व्याख्या गरिसकेको छ।

शिक्षा

३५औं अधिवक्ता परीक्षा: बार काउन्सिलले निकाल्यो परीक्षा केन्द्रको सूचना

नेपाल बार काउन्सिलले कात्तिक १९ मा अधिवक्ता तहको ३५औं परीक्षाको परीक्षा केन्द्रसम्बन्धी सूचना प्रकाशित गरेको छ। परीक्षाका लागि साउन १९ देखि अनलाइन फारम भराइएको थियो।

जिल्ला अदालत

जिल्ला अदालत: कुन मुद्दा हेर्छ, न्यायाधीश कसरी नियुक्त हुन्छन् र कसरी हटाइन्छन्

न्यायको पहिलो ढोका जिल्ला अदालत हो। संविधानको धारा १४८ देखि १५१ ले जिल्ला अदालतको संरचना, न्यायाधीश नियुक्तिको कोटा र क्षेत्राधिकारबारे के भन्छ, सरल भाषामा।

उच्च तथा जिल्ला बार

खोटाङ बारको आग्रह: फैसलाप्रति असहमति कानुनी बाटोबाट राखौँ

जिल्ला अदालत खोटाङको एक फैसलापछि अदालत र न्यायाधीशविरुद्ध सार्वजनिक टीकाटिप्पणी भएको भन्दै नेपाल बार एसोसिएसन खोटाङ एकाइले असहमति तथ्य र कानुनमा आधारित हुनुपर्ने बताएको छ।

सुशासन

राष्ट्रिय सदाचार नीति, २०८३: छरिएका कानुन एउटै प्रणालीमा जोड्ने लक्ष्य, कार्यान्वयनमा प्रश्न

मन्त्रिपरिषद्ले २ जुलाईमा स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ नेपाल कानून आयोगले असोज ६ मा प्रकाशित गरेको छ। संसदीय समितिमा सांसदहरूले नीतिभन्दा इच्छाशक्ति र आचरण महत्त्वपूर्ण भएको बताएका छन्।

न्याय सेवा

न्याय सेवाको उपसचिव: कानुन र सरकारी वकिल समूहको लिखित नतिजापछि अन्तर्वार्ता

लोक सेवा आयोगले न्याय सेवाको रा.प. द्वितीय श्रेणी उपसचिवतर्फ कानुन र सरकारी वकिल समूहको लिखित नतिजा भदौ २ मा प्रकाशित गर्‍यो। भदौ १० को सूचना–पत्रमा अन्तर्वार्ताको तालिका छ।

सर्वोच्च अदालत

सर्वोच्चका प्रस्तावित चार न्यायाधीश संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित

न्याय परिषद्ले असोज २० मा सिफारिस गरेका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम समितिले शनिबार अनुमोदन गरेको हो। उनीहरूविरुद्ध १३ उजुरी परेका थिए।

कानुन व्यवसायी

कानून व्यवसायीको इजाजत र अनुशासन: नेपाल कानून व्यवसायी परिषद्ले कसरी काम गर्छ ?

वकालत गर्न कसले इजाजत पाउँछ, आचरण उल्लंघनमा के कारबाही हुन्छ र वरिष्ठ अधिवक्ताको पद कसले दिन्छ ? वरिष्ठ अधिवक्ता छनोटका नयाँ मापदण्डको बहस चलिरहँदा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० का मुख्य व्यवस्था।

न्याय सेवा

न्याय सेवामा प्रवेश: परीक्षा कसले लिन्छ, नियुक्ति र बढुवा कसले गर्छ ?

न्याय सेवाका अधिकृतको खुला परीक्षा लोक सेवा आयोगले लिन्छ, तर सरुवा र बढुवाको सिफारिस न्याय सेवा आयोगले गर्छ। संविधानको धारा १५४ अनुसार दुई आयोगको भूमिकाको सरल व्याख्या।

न्यायाधीश

उच्च र सर्वोच्चमा करियर न्यायाधीश घट्दै: अंक र बहस

उच्च अदालतका १५२ न्यायाधीशमध्ये ७० जना वकालतबाट आएका छन्, जिल्ला अदालतबाट माथि पुगेका ५६ मात्र। सर्वोच्चमा जिल्ला न्यायाधीशबाट सुरु गरेर पुगेका एक जना पनि छैनन्। नियुक्तिको यो सन्तुलनबारे संविधान के भन्छ र पक्ष–विपक्षका तर्क के छन् ?

नेपाल बार एसोसिएसन

नेपाल बारको राष्ट्रिय गोष्ठी र साधारणसभा मंसिर २४–२५ मा धनगढीमा

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी, ५२औं केन्द्रीय कार्यकारिणी परिषद् बैठक र दुई आर्थिक वर्षको वार्षिक साधारणसभा कैलाली जिल्ला अदालत बारको आतिथ्यमा धनगढीमा गर्ने भएको छ।