मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

शनिबार, २१ कात्तिक २०८३ · ७ नोभेम्बर २०२६

English editionEnglish

समाचार

सुशासन

सुरक्षा

जेन–जी आन्दोलनका मुद्दा: समितिले करिब ३०० जनाको मात्र फिर्ता सम्भव देख्यो, प्रक्रिया सरकारी वकिलमार्फत

पूर्वन्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले हत्या, हतियार लुट र प्रमुख राज्य संरचनामा आगजनीका मुद्दा फिर्ता लिन नमिल्ने राय दिएको छ। मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको राय र अदालतको अनुमति अनिवार्य छ।

सुशासन

मोरङको जग्गा साटफेर प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दी छुटको जग्गा बिराटनगरबाट बनिगामामा साटफेर गर्न दिइएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरेको छ।

सुशासन

राष्ट्रिय सदाचार नीति, २०८३: छरिएका कानुन एउटै प्रणालीमा जोड्ने लक्ष्य, कार्यान्वयनमा प्रश्न

मन्त्रिपरिषद्ले २ जुलाईमा स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ नेपाल कानून आयोगले असोज ६ मा प्रकाशित गरेको छ। संसदीय समितिमा सांसदहरूले नीतिभन्दा इच्छाशक्ति र आचरण महत्त्वपूर्ण भएको बताएका छन्।

सुशासन

पोखरा विमानस्थल कर छुट मुद्दा: विशेष अदालतले माग्यो चिनियाँ ऋण र भुक्तानीको विवरण

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको मुद्दामा अदालतले एक्जिम बैंकको ऋण भुक्तानी र निर्माण कम्पनीले दाबी गरेका बिल–भरपाईको विवरण झिकाउन आदेश दिएको छ।

सुशासन

तीन लाख घुसको आरोप: ललितपुरका वडाध्यक्ष र भूमि प्रशासनका कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा

अंश बुझेको भरपाई लिखत पारित गराउन सेवाग्राहीसँग घुस मागेको र लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।