मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

शनिबार, २१ कात्तिक २०८३ · ७ नोभेम्बर २०२६

English editionEnglish

न्याय सूचना

सरुवा तथा बढुवा

न्याय परिषद्

न्याय परिषद्ले एकैपटक गर्‍यो उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशको सरुवा

नयाँ आर्थिक वर्ष सुरु हुनुअघिल्लो दिन असार ३२ मा बसेको परिषद्को बैठकले दुई वर्ष पुगेका जिल्ला न्यायाधीश र विशेष अदालत, श्रम अदालत तथा वैदेशिक रोजगार न्यायाधिकरणका प्रमुखसमेतको सरुवा गरेको थियो।

जिल्ला अदालत

जिल्ला न्यायाधीश: साउनमा २० जना काजमा, भदौमा १५ जनाको सरुवा

असारको ठूलो सरुवापछि पनि जिल्ला न्यायाधीशहरूको फेरबदल जारी छ। सर्वोच्च अदालतको साउन १५ को निर्णयबाट २० जिल्ला न्यायाधीश काजमा खटिए भने भदौ ३० मा न्याय परिषद्ले १५ जनाको सरुवा गर्‍यो।

न्याय सेवा

अदालतका ३२८ कर्मचारीको सरुवा, सर्वोच्चले सार्वजनिक गर्‍यो नामावली

सर्वोच्च अदालतको असोज १५ को निर्णयअनुसार नायब सुब्बालगायत राजपत्र अनंकित तहका ३२८ कर्मचारी विभिन्न जिल्ला, उच्च र विशिष्टीकृत अदालतमा सरुवा भएका छन्।