मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

शनिबार, १२ मंसिर २०८३ · २८ नोभेम्बर २०२६

English editionEnglish

बार

कानुन व्यवसाय: नेपाल बार एसोसिएसन, उच्च तथा जिल्ला बार र कानुन व्यवसायी।

सर्वोच्च अदालत

अधिवक्ता परीक्षाको केन्द्र विवाद: सर्वोच्चले बार काउन्सिलसँग माग्यो लिखित जवाफ, अन्तरिम आदेशमा मंसिर ९ मा छलफल

प्रदेशमा परीक्षा केन्द्र राख्न कम्तीमा ५०० परीक्षार्थी चाहिने बार काउन्सिलको निर्णयविरुद्ध छ प्रदेशका १० परीक्षार्थीले रिट दिएका छन्।

नेपाल बार एसोसिएसन

कानुन व्यवसायीहरुको सामजिक सुरक्षामा नेपाल बार एशोसिएशनको किन मौन !

(नेपाल बार एशोसिएशनको राहत कोष सञ्चालन कार्यविधि, २०७७ माथि विवेचना) नेपालको संविधानको धारा २० मा न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ । देशमा न्यायको सुनिश्चिता गर्न कानुन व्यवसायी नै एउटा महत्वपुर्ण मानव…

उच्च तथा जिल्ला बार

उच्च अदालत बार राजविराजको अध्यक्षमा बलराम प्रसाद सिंह निर्वाचित

भदौ २७ मा भएको उच्च अदालत बार एसोसिएसन राजविराजको २१औं कार्यसमितिको निर्वाचनमा तीन समूहको संयुक्त प्यानलबाट उठेका अधिवक्ता बलराम प्रसाद सिंह अध्यक्षमा निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा मत बराबर आएपछि गोला तानेर टुंगो लगाइएको थियो।

नेपाल बार एसोसिएसन

कानुन व्यवसायीहरुको आचार सहितामा पनि बिचार गर्ने कि?

बिगत केहि हप्ताबाट बरिष्ठ अधिवक्ता र दिग्गज कानुन ब्यवसायीहरुको नेतृत्वमा न्यायपालिका शुद्धकरण अभियान चलिरहेको छ | यसको उदेश्य न्यायलयमा भएको भष्ट्राचार न्युनिकरण र बिगत केहि वर्ष यता भएका फैसलाहरुले न्यायलयको बिगारेको छबि…

संसद

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा नेपाल बारको असहमति

मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमा जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता तोक्ने प्रस्तावप्रति नेपाल बार एसोसिएसनले संसदीय समितिमा आपत्ति जनाएको छ। कानुनमन्त्रीले भने यो सरकारको अडान नभएको र विकल्पबारे छलफल गर्न तयार रहेको बताएकी छन्।

शिक्षा

वरिष्ठ अधिवक्ताको उपाधि: सर्वोच्चले मापदण्ड पुनरावलोकन गर्दै, ‘पर्फर्मेन्स’ मात्र आधार बनाउने तयारी

न्यायाधीश शारंगा सुवेदी संयोजक रहेको समितिले विगतको छनोट “भद्रगोल” पाएको बताएको छ। उपाधि दिएपछि आचरण बिग्रिए खोस्ने वा निलम्बन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

न्याय परिषद्

सर्वोच्चमा न्यायाधीश सिफारिस: कानून व्यवसायी क्लस्टर बेवास्ता भएको नेपाल बारको आरोप

न्याय परिषद्ले असोज २० मा उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेपछि नेपाल बारले संविधानको धारा १२९(५) र ४२(१) को मर्म बेवास्ता भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

उच्च तथा जिल्ला बार

उच्च अदालत बार पाटनको निर्वाचन: निरौला प्यानल विजयी, धाँधलीको आरोपमा सर्वोच्चमा रिट

साउन ३० मा भएको उच्च अदालत बार पाटनको निर्वाचनमा सेवन्तराज निरौलाको प्यानल विजयी भयो। निर्वाचन बहिष्कार गरेको स्वतन्त्र कानुन व्यवसायी मञ्चको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

शिक्षा

३५औं अधिवक्ता परीक्षा: बार काउन्सिलले निकाल्यो परीक्षा केन्द्रको सूचना

नेपाल बार काउन्सिलले कात्तिक १९ मा अधिवक्ता तहको ३५औं परीक्षाको परीक्षा केन्द्रसम्बन्धी सूचना प्रकाशित गरेको छ। परीक्षाका लागि साउन १९ देखि अनलाइन फारम भराइएको थियो।

उच्च तथा जिल्ला बार

खोटाङ बारको आग्रह: फैसलाप्रति असहमति कानुनी बाटोबाट राखौँ

जिल्ला अदालत खोटाङको एक फैसलापछि अदालत र न्यायाधीशविरुद्ध सार्वजनिक टीकाटिप्पणी भएको भन्दै नेपाल बार एसोसिएसन खोटाङ एकाइले असहमति तथ्य र कानुनमा आधारित हुनुपर्ने बताएको छ।

कानुन व्यवसायी

कानून व्यवसायीको इजाजत र अनुशासन: नेपाल कानून व्यवसायी परिषद्ले कसरी काम गर्छ ?

वकालत गर्न कसले इजाजत पाउँछ, आचरण उल्लंघनमा के कारबाही हुन्छ र वरिष्ठ अधिवक्ताको पद कसले दिन्छ ? वरिष्ठ अधिवक्ता छनोटका नयाँ मापदण्डको बहस चलिरहँदा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० का मुख्य व्यवस्था।

नेपाल बार एसोसिएसन

नेपाल बारको राष्ट्रिय गोष्ठी र साधारणसभा मंसिर २४–२५ मा धनगढीमा

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी, ५२औं केन्द्रीय कार्यकारिणी परिषद् बैठक र दुई आर्थिक वर्षको वार्षिक साधारणसभा कैलाली जिल्ला अदालत बारको आतिथ्यमा धनगढीमा गर्ने भएको छ।