मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

शनिबार, २१ कात्तिक २०८३ · ७ नोभेम्बर २०२६

English editionEnglish

न्याय सूचना

अदालतका सूचना

सर्वोच्च अदालत

तिहारमा कात्तिक २२–२६ सर्वोच्च बन्द, बन्दीप्रत्यक्षीकरणको सुनुवाइ भने हुने

तिहारको सार्वजनिक बिदामा सर्वोच्च अदालत बन्द रहे पनि भाइटीकाबाहेकका दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको रिट दर्ता र सुनुवाइ हुनेछ।

न्यायिक सुधार

सर्वोच्चमा अनलाइनबाट अदालती दस्तुर तिर्न सकिने, आदेश पनि तत्कालै वेबसाइटमा

भदौ २५ देखि सर्वोच्च अदालतमा अदालती दस्तुर अनलाइन तिर्न सकिन्छ। सबै तहका अदालतका आदेश पेसी सूचीमै तत्काल राखिन थालेका छन्। सुनुवाइको प्रत्यक्ष प्रसारण पनि परीक्षणका रूपमा सुरु भएको छ।

सर्वोच्च अदालत

अदालतप्रतिको गुनासो अब प्रधान न्यायाधीशको सचिवालयमा इमेलबाट पनि

सर्वोच्च अदालतले टोल फ्री फोनका अतिरिक्त cjs@supremecourt.gov.np मा पनि उजुरी, गुनासो र सुझाव पठाउन सकिने सूचना जारी गरेको छ। असारमा न्यायिक सुशासन केन्द्र स्थापना भइसकेको छ।