जिल्ला अदालत
ज्येष्ठ नागरिकलाई कैदमा छुट: नक्कली शरणार्थी प्रकरणमा कैद भोगिरहेका रायमाझी कात्तिक २६ मा रिहा हुने
नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ६५ वर्ष पुगेपछि पाइने कैद छुटको सुविधा दिँदै काठमाडौं जिल्ला अदालतले संशोधित कैदीपुर्जी पठाएको छ। उनी कात्तिक २६ मा डिल्लीबजार कारागारबाट रिहा हुने भएका छन्।


