विदेश
ममता काफ्ले हत्या मुद्दा: अमेरिकी जुरीले पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्यो, सजाय मार्चमा तोकिने
भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतको जुरीले नेपाली नर्स ममता काफ्ले भट्टको हत्या, शव लुकाउने र शव विकृत पार्ने तीनवटै अभियोगमा नरेश भट्टलाई दोषी ठहर गरेको छ। शव फेला नपरे पनि परिस्थितिजन्य र फरेन्सिक प्रमाणका आधारमा फैसला आएको हो।
