वरिष्ठ अधिवक्ता खत्रीद्वारा वृद्धाश्रममा कम्वल र खाद्यान्न सहयोग
Sr. Adv. Narayan Prasad Khatri
कञ्चनपुरको महेन्द्रनगरका समाजसेवी एवं बरिष्ठ अधिवक्ता नारायणप्रसाद खत्रीले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बेदकोट नगरपालिकामा रहेको वद्धाश्रममा कम्वल र खाद्य समाग्री वितरण गर्नुभएको छ ।
बरिष्ठ अधिवक्ता खत्रीले बेदकोट नगरपालिका–७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिइरहेका १४ जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान कम्वल, ५०/५० किलोग्राम चामल र पिठो, नुन तेल लगायतका खाद्य सामाग्री वितरण गर्नु भएको हो ।

सोही अवसरमा उहाँले वद्धाश्रममा रहनुभएका सबै जेष्ठ नागरिकहरुलाई खाना समेत खुवाउनुभयो । उहाँले जाडो मौसम सुरु हुन लागेकाले वद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको बताउनुभयो ।
“ एउटा सानो अवसर जुरेर वद्धाश्रममा सहयोग गरेका हौं ।” उहाँले भन्नुभयो–“ जेष्ठ नागरिकलाई सम्मान र स्यहार गर्नु सबैको साझा दायित्व पनि हो ।”
सो क्रममा भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) र अधिवक्ता नन्दादेवी खत्री लगायतको सहभागिता रहेको थियो ।
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा जन्मिनु भएका बरिष्ठ अधिवक्ता खत्री लामो समयदेखि महेन्द्रनगरमा रहेर न्याय क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
