गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

समलैङ्गिकतामा राज्यको चासो खै ?

समलिङ्गीलाई नागरिकतामा समेत विभेद गरे पछि समलिङ्गी विवाहलाइ कानुनी मान्यता दिन उपयुक्त हुँदैन भने धेरै को मान्यतामा बल पुगेको छ ।
न्यायपालिका
२०७७-०६-०९

Same sex marriage in Nepal nyayapalika.com

कानुनको अभावमा नेपालमा धेरै समलिङ्गी जोडी बिहे गर्न बाट बन्चित रहेका छन् । उमेर पुगेका व्यक्ति संगै बस्न पाउने कानुन भए जस्तै विबाह पनि गर्न पाउनु पर्छ भने समलिङ्गी मान्यता लाई जोड दिनु पर्दछ । परिवर्तनशील समाजका लागि समलिङ्गी विवाह गर्नबाट बन्चित गर्नु हुँदैन ।


विश्वका २९ देशहरूले समलिङ्गी बिबाहलाई कनुनी मान्यता दिएको पाइन्छ ।जस्तै स्पेन, क्यानडा , बेल्जियम , नेदरल्यान्ड , दक्षिण अमेरिका , डेनमार्क आदि देशहरुले समलिङ्गी बिबाह लाई कानुनी मान्यता दिदैँ आइरहेका
छन् । तर नेपालको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १ को दफा ६७ मा विवाह सम्बन्धि कानुनको व्यवस्था गरेको छ जस्मा २० बर्ष उमेर पूरा गरेका कुनै महिला पुरुषले कुनै उत्सव , समारोह ,औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्को लाई पति पत्नीको रूपमा स्वीकार गरेमा बिबाह गरेको मानिने भनी स्पष्ट व्याख्या गरेको छ तर समलिङ्गीहरुको बारेमा कुनै व्यवस्था गरेको पाँइदैन ।

समलिङ्गीलाई नागरिकतामा समेत विभेद गरे पछि समलिङ्गी विवाहलाइ कानुनी मान्यता दिन उपयुक्त हुँदैन भने धेरै को मान्यतामा बल पुगेको छ । समलिङ्गीहरुले आफू योग्य जीवन साथि भेटिसकेको तर विवाह गरि संगै बस्न पाउने कानुनी प्रावधान नरहेका कारण कतिपय समलिङ्गी जोडी लुकेर बसेको अवस्थामा छन् । समलिङ्गी भएर जन्म लिएकै कारण परिवार बाट वहिष्कृत हुन परेको छ यहाँ सम्मकी उनिहरुलाइ घर निकाला सम्म गरेका छन् । समलिङ्गी भएका कारण राज्यको नागरिक बन्न नसकेको सामाजिक, साँस्कृतिक, राजनैतिक, आर्थिक, शैक्षिक र कानुनी अधिकार बाट पनि बन्चित भएको देख्न सक्छौँ । कुनै सभासमारोहमा सहभागी हुँदा पहिचानको आधारमा सामाजिक रुपमा अपहेलना विभिन्न प्रकारका शारीरिक, मानसिक यातना कष्ट सहनु परेका कारण समलिङ्गीहरु आफ्नो जीवन अन्धकारको बाटो तिर माेड्न बाध्य भएका छन् ।

राज्यका अन्य नागरिक सरह समलिङ्गी लाई पनि हक अधिकार प्रदान गर्न पर्दछ । राज्यका हरेक महिला पुरुष सरह समलिङ्गीहरु लाई पनि आफुले चाहेको जीवन साथी रोज्न पाउने कानुनी अधिकार सुनिश्चित गर्नु आजको आधुनिक समाजको आवश्यकता हो। समलिङ्गीहरुको हक हितमा प्रभावकारी रूपमा काम गर्न नसक्दा र उनिहरुलाइ राज्यले रोजगार दिन नसकेको र अन्य क्षेत्रमा समलिङ्गीहरुलाइ काम पाउन समस्या भएका कारण समलिङ्गीहरु यौन व्यवसायमा लाग्ने प्रवृत्ति बढ्दाे छ।


मुलुकी संहितामा महिला र पुरुषलाई मात्र समेटिएको र महिला र पुरुषलाई मात्र हक अधिकार प्रदान गरिएकोले समलिङ्गीहरु लाई राज्यका हरेक हक अधिकार बाट बन्चित भएका छन् । महिला आयोगमा भएको समलिङ्गी विवाह सम्बन्धी प्रतिवेदन पनि अझै अन्योलमा रहेको छ। समलिङ्गीहरुले सामाजिक विकृती फैलिएको भने बुझाइ हाम्रो समाजमा अझै विद्यामान रहनुका साथै उनिहरु विरुद्ध समाजले प्रश्न चिह्न खडा गरेको पाइन्छ । समलिङ्गी बिबाहलाइ कानुनी मान्यता नदिएका कारण समुदायमा आफ्नो हक अधिकार प्रयोग गर्न बाट समलिङ्गीहरुब बन्चित रहेको अवस्था छ ।


कानुन सबैका लागि समान छ भनिएता पनि समलिङ्गीहरुको हकमा भने त्यो सिद्धान्त लागू हुन सकेको छैन । एउटा क्षमतावान समलिङ्गी उचाईमा पुगेको भएता पनि उसलाई एक उदाहरणको रुपमा मात्र प्रयोग गर्ने गरेको पाइन्छ ।कानुन एउटा आधार भए पनि कानुनले सबै समस्या समाधान गर्न सक्छ भन्नु गलत धारणा हो । मुलुक संघियतामा प्रवेश भइसकेको अवस्थामा संघिय सरकार र स्थानीय सरकारले समलिङ्गी बिबाह सम्बन्धि मागलाई सम्बोधन गर्न पर्छ । र राज्यले पनि समलिङ्गी बिबाह लाई कानुनी मान्यता दिन आवश्यक छ ।

(लेखक बबिता पोखरेल मध्यपश्चिम विश्वविद्यालयमा कानून अध्ययनरथ छिन् ।)

मुख्य शब्द:
nyayapalika.com
Same sex Marriage in Nepal
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ