गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

संविधान दिवसमा सबै मातृभाषामा बोल्न सकिने खुला वक्तृत्व प्रतियोगिता हुँदै

दलको नीति तथा कार्यक्रम विभागको आयोजनामा हुने प्रतियोगितात्मक कार्यक्रमका उत्कृष्ट ३ वक्तालाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको दलले जनाएको छ ।
न्यायपालिका
२०७७-०५-२५

Bibeksheel Nepali Party

संविधान दिवसको अवशरमा विवेकशील नेपाली दलले खुला वक्तृत्व प्रतियोगिता गर्ने भएको छ । दलको नीति तथा कार्यक्रम विभागको आयोजनामा हुने प्रतियोगितात्मक कार्यक्रमका उत्कृष्ट ३ वक्तालाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको दलले जनाएको छ ।

वक्ताहरुलाई ४ वटा विषय दिइएको छ । रुचि लागेको कुनै एक विषयमा वक्तृत्व प्रस्तुत गर्न सकिनेछ । रुपान्तरणकारी युवा नेतृत्व आजको आवश्यकता, लोककल्याणकारी राज्यको आर्थिक-सामाजिक निती, शान्ति, एकता र सम्बृद्धीकालागी बहुलवादी चिन्तन र नागरिक सर्वोच्चताका लागि सहभागितामुलक लोकतन्त्र मध्ये कुनै एक विषयमा ४ मिनेटभित्र प्रस्तुति राख्न सकिनेछ । 

वक्तृत्व नेपालका जुनसुकै मातृभाषामा पनि राख्न सकिने व्यवस्था मिलाइएको विवेकशील नेपाली दलले जनाएको छ । वक्तृत्वको विषयवस्तु तयारी गर्न दलको राजनीतिक दस्तावेजलाई सन्दर्भ सामाग्रीका रुपमा प्रस्तुत गरिएको छ । 

प्रतियोगिता जुम अनलाईन य्यापमार्फत हुनेछ भने सहभागी हुन चाहनेले असोज १ गतेसम्म गुगल फम मार्फत नाम तथा विवण दर्ता गराईसक्नुपर्नेछ । गुगल फाराम भर्न यहाँ क्लिक गर्न सकिन्छ । 

मुख्य शब्द:
Bibeksheel Nepali Party
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ