गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

कोरोना महामारी र लकडाउन को बिकल्प

सरकारको प्रभावाकरी योजना नहुनु र लकडाउन लाई मात्रै बिकल्प देख्नाले रोगले भन्दा भोकले मर्ने अवस्था आएको छ ।
न्यायपालिका
२०७७-०५-२३

Suresh Prasad Pant

डिसेम्बर ३१ सन २०१९ मा चीनको वुहान सहरबाट उत्पत्ति भएको कोभिड १९ हालसम्म विश्वका २०३ देश र टेरिटोरी हरु मा फैलिएको छ र हालसम्म करिब २७ करोड ३१ लाख ४ हजार बढी मानिस हरु सक्रमित भएका छ्न् । करिब ९ लाख मानिस हरु को मृत्यु भएको छ । नेपाल पनि दक्षीण एसिया मा संक्रमीत हुने को संख्या को अधारमा २०औँ स्थानमा छ र अहिले दैनिक हजारको संख्यामा संक्रमित थपिदै गएका छन ।


तर यसको मृत्युुदर एकदमै कम र संक्रमितहरु पनि ठूलो संख्या मा राम्रो भैरहेको हुनाले आत्तिनु पर्ने देखिदैन । नेपालमा करिब 58.3% मानिस यो भाइरस बाट सक्रमण मुक्त भएर स्वास्थ लाभ गरिरहेका छ्न ,पछिल्लो दिन हरु मा यसको मृत्युदर कम र सक्रमित हरु सक्रमण मुक्त भएको प्रतिसतलाई अधार मानेर कतिपय मानिस हरुले कोरोना महामारी हैन हाउगुजी हो भनेर निराधार अपबाह फैलिएको द्खिन्छ । कुनै पनि रोग महामारी हो हैन भन्ने कुरा निर्क्योल गर्न केही सर्त हरु हुन्छनः सक्रमण कति टाढा सम्म फैलिएको छ ,कति देश हरु यसबाट प्रभावित छन कुन कुन क्षेत्र हरु प्रभावित छ्न कति मानिसहरु यसबाट प्रभावित भएका छन भन्ने सर्त हरु पूरा भएको हुनुपर्छ । महामारी बाट ठूलो जनसंख्या प्रभावित भएको, सामाजिक, आर्थिक नोक्सानी गरेको यी मापदण्ड पूरा भएको हुदा कोरोना सक्रमण लाई बिश्व स्वास्थ संगठन ले बिश्वकै महामारी घोषणा गरेको हो ।


अहिले केही आफुलाइ बिज्ञ बताउने कथाकथित बिज्ञ हरु पिसिआर परिक्षण माथी प्रश्न चिन्ह उठाइरहेका छन तिनै मानिसहरु केही समय अगाडि 100% पिसिआर को माग गर्दै चर्का अन्तरबार्ता दिइरहेका हुन्थे । मलाइ लाग्छ तिनि हरु विषय बिज्ञ थिएनन र तिनीहरुले पिसिआर को महत्त्व न त्यती बेला बुझेका थिए न अहिले नै । पिसिआर हरेक बनस्पति, जिबाणु ,फलफुल ,जनावर ,चराचुरुङ्गी र मान्छे को जिन को अध्ययन गर्नका लागि पनि प्रयोग हुन्छ । पिसिआर भनेको स्याम्पल फोटोकपी तथा म्याग्रीफाइ गरेर देखाउने हो । त्यहाँ स्याम्पल मिल्यो भने पोजेटिभ र मिलेन भने नेगेटिभ आउँछ ।

हो, पिसिआर अनुसन्धान गर्न कै लागि मात्र प्रयोग गर्न पाइन्छ भनेर सन 1984 मा आबिस्कार गरेको हो तर त्यसयता पिसिआर मेसिन का विभिन्न सँस्करण निस्केका छन् । अहिले रोग निदान र अनुसन्धान दुबै का लागि प्रयोग गरिन्छ । त्यो बेला पेटेन्ट राइट अनुसार नट फर मेडिकल युज भनेर लेख्नुपर्थ्यो तर अहिले रोग निदान को लागि भनेर भनिसकै पछि त्यसको औचित्य सक्कियो । तर अहिले पनि त्यै नट फर मेडिकल युज भन्ने लाई अपब्याख्या गर्दै केही ले भ्रम फैलाउने काम गरेराखेका छन । कोरोना भाइरस पिसिआर का अलावा आर्डिटी, सेरोलोजिकल टेस्ट , एलाइजा विधि बाट पनि परिक्षण गरिन्छ र बिश्व स्वास्थ संगठनबाट यी विधि हरु ले मान्यता पाइसकेको ले यिनी हरु को क्षमता मा प्रस्न चिन्ह उठाउने हरु भाइरस नबुझेका स्वघोसित बिज्ञ हुन त्यसैले यस्ता अपबाह का पछि नलाग्नु नै राम्रो हुन्छ !!

लकडाउनको बिकल्प
नेपालमा २०७६ चैत्र ११ देखि साउन दोस्रो हप्ता सम्म सरकार ले लकडाउन जारी गर्यो । कलकारखाना , ब्यवसाय , शिक्षा क्षेत्र , यातायात , निजि तथा सरकारि क्षेत्र हरु यसबाट निकै प्रभावित हुन पुगे । सरकारले लकडाउन हटायो , तर लकडाउन हटाएको केही हप्ता मै सक्रमित को संख्या मा अत्यधिक वृद्धि भएपछी सरकार ले फेरि निषेधाज्ञा ,कर्फ्यु ,सटडाउन जस्ता बिकल्प हरु मा फेरि देश बन्द भन्यो । खासगरी लकडाउन गर्ने भनेको संक्रमण तिब्र नहोस , सरकार लाई महामारी नियन्त्रण को तयारी गर्न समय उपलब्ध होस भन्ने मात्रै हो । यो बिचमा 4 महिने लकडाउन भयो तर सरकार ले महामारी नियन्त्रण गर्न खासै प्रभावकारी काम गर्न सकेन त्यसको फलस्वरूप अहिले महामारी नियन्त्रण गर्न सरकार लाई गाह्रो भैरहेको छ ।

सरकारको प्रभावाकरी योजना नहुनु र लकडाउन लाई मात्रै बिकल्प देख्नाले रोगले भन्दा भोकले मर्ने अवस्था आएको छ । सरकारले गरेको लकडाउन माथी नै प्रश्न चिन्ह उठाउदैँ मजदुर हरुले सडक मा आउने सम्म का अभिव्यक्ति दिइरहेका छ्न र मजदुर श्रमजीवी बर्ग हरु पक्कै पनि रोग ले भन्दा भोक ले मरिने पो होकि भन्ने चिन्ता मा छन ।


अन्तरास्ट्रिय मुलुक हरुले अहिले बिस्तारै लकडाउन को बिकल्प खोजिरहेका छन । उनिहरुले बिश्व स्वास्थ संगठन र आफ्नो देश को स्वास्थ मन्त्रालय को पोट्रोकल लाई आत्मसाथ गर्दै दौनिक काम मा फर्कि सकेका छन । अब नेपाल सरकारले पनि लकडाउन र सटडाउन को बिकल्प खोज्दै दैनिक कामकाजमा फर्किने बाताबरण बनाउनु पर्छ ।


उच्च जोखिम भएका दिर्घ रोगी हरुलाइ घर मै गएर स्वास्थ परिक्षण गर्ने ब्यवस्था मिलाउनु पर्छ शैक्षिक क्षेत्र लाई प्रबिधि मैत्रि बनाउनु पर्छ। सेमिनार , गोष्ठी , उदघाट्न हरु प्रबिधी को सदुपयोग गर्दै गर्नु पर्छ उपयुक्त स्वास्थ प्रोट्रोकल जारी गरेर जनजीवन सहज बनाउनु पर्छ। आम मानिस हरुले खानपिन , हिँड्डुल मा बिसेश ध्यान दिनुपर्छ र भ्याक्सिन नबनुन्जेल सम्म भाइरस सङ्ग सङ्गै सहकार्य गर्नु पर्दछ । बैज्ञानिक चाल्स डार्विन ले भनेका छन हरेक बस्तु ठाउ अनुसार त्यो सङ्ग बाच्न सिक्नु पर्छ तब मात्रै बाच्न सक्छ ।

त्यसैले अब आम मानिस ले सरकार ले जारी गरेको स्वास्थ प्रोट्रोकल लाई पुर्ण पालना गरेर भ्याक्सिन नबन्जेल पुर्ण साबधानी सहित दैनिक कामकाज मा फर्किनु पर्छ र सरकार ले त्यसको सहजिकरण गर्नु पर्छ । त्यसको लागि तिनै तह का सरकार बिच समन्वय गरेर आमनागरिक हरुलाइ रोग र भोक बाट बचाएर लोककल्याणकारि राज्य भएको महसुस गराउन सक्नु पर्छ ।

(लेखक पन्त सुक्ष्म जीवविज्ञानका विद्यार्थी हुन् ।)

मुख्य शब्द:
COVID 19
Suresh Prasad Pant
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ