गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

डोटेली भाषाको ‘होरी’ चलचित्र टोरिनो फिल्म ल्याबमा छनोट

सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिनेछ भने कथामा माओवादी द्वन्द्वको अन्तर्कथा समेटिएको छ।
न्यायपालिका
२०७७-०५-२०

Hori Film

अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको डोटेली भाषाको चलचित्र ‘होरी’ को पटकथा विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा समावेश भएको छ ।

सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिनेछ भने कथामा माओवादी द्वन्द्वको अन्तर्कथा समेटिएको छ। होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ।

‘टोरिनो फिल्म ल्याब’को अनलाइन ल्याबमा दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको छ भने विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्। टोरिनो ल्याबले राम्रा फिल्क कथाका लागि लगानीकर्ता खोजिदिन्छ ।

‘ल्याबमा नेपालबाट कमै प्रोजक्ट छनोट हुन्छ। होरी यस वर्ष छनोट भएको छ। ‘यसले लगानी कर्ता भेट्टाउनमा मद्दतगर्ला भन्ने अपेक्षा लिएका छौं’, सापकोटाले भने।

‘होरी’ चलचित्र यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भइसकेको छ।

मुख्य शब्द:
Arun Deo Joshi
Hori film
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ