गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

कानून दिवसको शुभकामना

न्यायपालिका
२०७७-०१-२६

Law day of Nepal कानून दिवस nyayapalika

आज कानून दिवस ‘Law day of Nepal’ । कानून र न्याय क्षेत्रका नेपालीहरुका लागि उत्सवको दिन । विक्रम संवत् २००९ साल वैशाख २६ गते लागु भएको प्रधान न्यायालय ऐन, २००८ को सम्झनामा आधुनिक नेपाली न्यायापालिकामा २६ वैशाखलाई कानून दिवस मनाउने गरिन्छ । यही दिन कार्यपालीकाको पञ्जामा रहने न्यायालय स्वतन्त्र न्यायालयलाई दिइएको सम्झनाले आज पनि हामी स्वतन्त्र न्यायापालीकाको सम्मान र सुदृढीकरणमा अडिक रहन सक्नुपर्छ ।

लोकतन्त्रमा समानता, न्याय र विधिको शासन कानूनले स्थापित गर्छ । लोकतन्त्र यी तत्वहरुबिना अपूर्ण हुन्छ । नागरिकहरुको आस्थामा आधारित न्याय पद्धतिबिना लोकतन्त्र र राज्यव्यवस्था दीगो हुन सक्दैन । स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चता जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई राज्यको नेतृत्वले सम्मान गर्नुपर्छ र मात्रै नागरिकको राज्यप्रति विश्वास बढ्न जान्छ । राज्यप्रतिको विश्वासनै राज्यको स्थीरता र शान्तिको आधार हो ।

कतिपयले शासकीय रुपमा निरंकुश मान्ने पञ्चायती व्यवस्थामा पनि कानूनी शासन र स्वतन्त्र न्यायापालिकाप्रति भने प्रतिबद्धता थियो भन्ने प्रष्ट उदाहरण भेटिन्छन् । त्यसको निरन्तरता विगतका केहि दशकमा चुँडिने खतरा बढेको कुरालाई नकार्न सकिँदैन । न्यायापालीकामा राजनीतिकरण, दलीय हस्तक्षेप, न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा र न्यायापालिकाको कार्यमा आमनागरिकसमेतका तर्फबाट जानी नजानी हुने हस्तक्षेपको श्रृङ्खला अब तोडिनुपर्छ ।

आज कानून दिवसमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, अनिरुद्रप्रसाद सिंह, भगवतीप्रसाद सिंह, रत्नबहादुर विष्ट, नयनबहादुर खत्री, केदारप्रसाद गिरी देखि शुशीला कार्कीसम्मका उल्लेख्य न्यायमूर्तिहरु र नेपालको न्यायपालीकामा लाई स्वतन्त्र, सुदृढ र विश्वसनीय बनाउन योगदान गर्न कानूनव्यवसायीहरु, कर्मचारीहरु र प्राध्यापकहरुको स्मरण गर्दै उहाँहरुको योगदानका लागि धन्यवाद दिन हामी चुक्नुहुन्न ।

जसरी राणाशासनबाट नागरिकहरुले सार्वभौमिकता आफूमा लिएर स्वतन्त्र न्यायापालीकाको सुरुवात गरे, आज संसारकै उन्नत मानिने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा स्वतन्त्र न्यायापालीकाबाट निष्पक्ष र छिटोछरितो न्याय पाउने आम नागरिकको वैध अपेक्षा न्यायापालीकाले पुरागर्न सक्नुपर्छ ।

सबै नेपाली नागरिक,  न्यायापालिका र कानूनजगतसँग सम्बद्ध सबै र हाम्रा पाठकहरुमा कानून दिवसको हार्दिक शुभकामना ।

इति संवत् २०७७ साल बैशाख २६ गते, शुक्रबार ।

काठमाण्डुँ ।

(nyayapalika.com का सामाग्रीहरु कस्ता लागिरहेका छन् । हामीले के कस्ता सामाग्री तयारी गरिदिए हुन्थ्यो भन्ने लागेको छ । हामीलाई यहीँ कमेन्टमा अथवा nyayapalika@gmail.com मा लेखि पठाउनुहोस् है । हामीलाई फेशबुक र ट्विटरमा पनि फलो गर्न सक्नुहुनछ ।)

मुख्य शब्द:
Editorial
Law day
Law day of Nepal
nyayapalika.com
कानुन दिवस
कानून दिवस
न्यायापालिका
सम्पादकीय
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ